एजेन्सी :भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हावा गफ दिइरहेको भन्दै केही भारतीय युवाहरूको समूहले उनलाई ‘फेकु मोदी’ भन्ने गरेका छन् ।
भए नभएको कुरो , गरे नगरेको कुरो बोलेर जनतालाई ढाँट्ने गरेकोमा प्रधानमन्त्री मोदीलाई उनीहरूले फेकु मोदी भन्दै आएकोमा मोदीले आफ्नै ट्विटका कारण फेरि फेकु साबित भएका हुन् ।
मोदीले आफ्नो कार्यकालमा सबैभन्दा धेरै विमानस्थल भारतमा बनेको दाबी गरे । यसको बारेमा बीबीसीद्वारा गरिएको अध्ययनले मोदीलाई फेकु साबित गरेको हो ।
गत साता मोदीले भारतमा १०० विमानस्थल भएको र यो गएको ४ वर्ष भित्र आफ्नो कार्यकालमा ३५ हवाईअड्डा पूर्णरूपमा निर्माण भइ पूरा भएको ट्विटे ।
विपक्षी पार्टीहरूका बारेमा व्यंग गर्दै मोदीले लेखे “आजादीको ६७ वर्षमा २०१४सम्म भारतमा मात्र ६५ विमानस्थल मात्र थिए ।
यसको अर्थ हरेक वर्ष मात्र उनीहरूले १ विमानस्थल बनाए ।” मोदीका अनुसार हरेक वर्ष ९ विमानस्थल भारतमा बनेको छ ।
तर मोदीको यो दाबी हावा गफ जस्तो देखिएको छ ।
एयर अथरिटी अफ इन्डियाको वेबसाइटमा उपलब्ध सूची अनुसार भारतमा कुल १०१ विमानस्थलहरू छन् ।
१३मार्च २०१८सम्म १०१ एयरपोर्ट भारतमा रहेको जनाइएको छ ।
सन् २०१५मा भारतमा ९५ हवाईअड्डा थिए।
त्यसमध्ये ३१ काम गर्ने अवस्थामा थिएन् । सन्२०१८मा कुल १०१ विमानस्थल मध्ये २७ काम गर्नेअवस्थामा नरहेको जनाइएको छ ।
यसरी हेर्दा २०१५पछि मात्र ६ नयाँ विमानस्थल बनेर तयार भएको देखिन्छ । मोदीले गरेको दाबी भन्दा यो धेरै कम रहेको छ ।
यसअघि मोदीले इतिहास र विकासका कुरो गर्दा गफ दिएकोमा उनको आलोचना हुँदै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया