ट्रेजरी बिल बिक्री गर्दै नेपाल राष्ट्र बैंक

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (सोमवार) पुनः ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म बोलकबाेलका माध्यमद्वारा उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

भदौ १४ गते जारी मिति तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । बिक्री गरिने उक्त ट्रेजरी ९१ दिने अवधिको रहेको छ । यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने २०७९ मंसिर १३ गते तोकिएको छ । राष्ट्र बैंकका अनुसार यो ट्रेजरी पुरानो नवीकरण अन्तर्गत रहेको छ ।

यसअघि गत साता पनि राष्ट्र बैंकले १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?