काठमाडाैं : पेट्रोलियम पदार्थमा ढुवानी झन्झट भोगिरहेको नेपाल र भारतबीच चितवनसम्म पेट्रोलियम पार्इपलार्इ बिछ्याउन सहमति भएको छ । हाल भारतको अमलेखगञ्जदेखि पेट्रोलियम ढुवानी गरिरहेको नेपालमा चितवनसम्म पार्इपलार्इन विस्तार भए ढुवानी झन्झट निकै कम हुनेछ ।
चितवनसम्म पेट्रोलियम पार्इपलार्इन विस्तार गर्ने विषयमा छलफल गर्न तथा अमलेखगञ्ज-मोतिहारी पार्इपलार्इनको निरीक्षण गर्न भारतीय पेट्रोलियममन्त्री धर्मेन्द्र प्रधान नेपाल अार्इपुगेका छन् ।
प्रस्तावित पेट्रोलियम पार्इपलार्इन जडान भएपछि तरार्इ क्षेत्रमा हड्ताल र अायल निगमका ट्यांकर ढुवानीकर्ताले गर्ने अान्दोलनको असर समेत पर्नेछैन । कुटनीतिक तनावका बेला भारतले गर्ने पेट्रोलियम अापूर्ति अवरोध समेत हट्नेछ ।
उद्योग, वाणिज्य तथा अापूर्तिमन्त्री मातृका यादव र भारतीय समकक्षी प्रधानबीच शुक्रबारै भएको छलफलमा चितवनसम्म पार्इपलार्इन विस्तार गर्न सहमति भएको मन्त्रालयस्रोतले जानकारी दियो । जसअनुसार भारतको मोतिहारीदेखि चितवनसम्म ग्यास र पेट्रोलको पार्इपलार्इन बिछ्याउने द्विपक्षीय समझदारी भएको छ ।
हाल नेपालले भारतीय अायल कर्पोरेशन (अार्इअोसी) बाट मुलुकलार्इ चाहिने पेट्रोलियम र्इन्धन खरिद गरिरहेको छ । अार्इअोसीले नै केहिअघि चितवनसम्म पार्इपलार्इन विस्तार गर्न अावश्यक सर्वेक्षण समेत गरिसकेको छ । अार्इअोसी र नेपाली सर्वेक्षणकर्ताहरूले मोतिहारीदेखि अमलेखगञ्जसम्मको करिब ७० किलोमिटर लामो पार्इपलार्इन ५ महिनाभित्रै तयार हुने निष्कर्ष निकालेका छन् ।
इन्डियन अायल कर्पोरेशनले मोतिहारीदेखि अमलेखगञ्जसम्म अहिले धमाधम पेट्रोलियम पार्इपलार्इ बिछ्यार्इरहेको छ। यो पार्इपलार्इनलार्इ विस्तार गरि चितवनसम्म विस्तार गर्न दुर्इ पक्षबीच सहमति भएको हो । चितवनसम्म ग्याँस पार्इपलार्इन भने मोतिहारीदेखि नै बिछ्याउनुपर्ने हुन्छ ।
दुर्इ देशका प्रतिनिधी एवं प्राविधिकहरूले अावश्यक तयारी पुरा गरि नेपालसम्म पार्इपलार्इन विस्तार गर्ने भारतीय पेट्रोलियममन्त्री प्रधानले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया