काठमाडाैं : समता मार्इक्रोफार्इनान्स वित्तीय संस्थाले लिलामीमा राखेको १६ हजार ५८६ कित्ता शेयर लिलामी गर्ने म्याद अाज सकिने भएको छ ।
असोज ४ गतेदेखि यो कम्पनीले संस्थापक समूहको ३ लाख ९०० कित्ता र सर्वसाधारण समूहको १२ हजार ६६८ कित्ता शेयर लिलामीमा राखेको छ । बिहिबार नेप्सेमा भएको समताको शेयर प्रतिकित्ता १३ सय ३ रूपैयाँमा कारोबार भएको छ ।
समताले यसअघि शेयर संरचना अनुपातमा ५०% रकम बराबरको हकप्रद शेयर जारी गरेको थियो । असार २७ गतेदेखि खुलार्इएको हकप्रदमध्ये १ लाख ७३ हजार ३२ कित्ताका लागि मात्र अावेदन परेपछि बाँकी शेयर लिलामीमा राखिएको हो ।
समताको लिलामी शेयर भर्न र्इच्छुक लगानीकर्ताले अाज बेलुकीसम्ममा अावेदन दिनुपर्नेछ । अावेदन दिनका लागि बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सकिने कम्पनीले जानकारी दिएको छ । साथै, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी भर्न पाइनेछ ।
चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ कायम गरेको समताले लिलामी सेयर बिक्रीपछि यो अाकार पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पु-याउनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया