बेष्ट फार्इनान्सले हकप्रद बेच्न सकेन, अब लिलामीमा राखिने

काठमाडाैं : बेष्ट फार्इनान्सले जारी गरेको ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद शेयरमध्ये बिक्न बाँकी ८ लाख ५ हजार ८४.४७ कित्ता शेयर लिलामीमा राख्ने भएको छ । 

यो फार्इनान्सले अाफ्ना लगानीकर्ताका लागि असार २५ गतेदेखि भदाै १२ गतेसम्म अवधि तोकेर २५% हकप्रद शेयर जारी गरेको थियो ।

तोकिएको समयमा शेयर बिक्री नभएपछि बेष्टले १५ दिन समय थप गरेको थियो । थप गरेको समयमा समेत शेयर नबिकेपछि बेष्टले बाँकी शेयर लिलामीमा राखेको हो । 

साउन १७ गतेदेखि देखि सिनर्जी फार्इनान्ससँग एकीकृत कारोबार शुरू गरेको यो फार्इनान्सले सिनर्जीलार्इ एक्वायर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?