काठमाडाैं : अारएसडीसी लघुवित्तले अाफ्ना लगानीकर्तालार्इ १०% लाभांश दिने भएको छ ।
५% नगद लाभांश र ५% बोनस शेयर गरी यो संस्थाले १०% लाभांश दिन लागेको हो ।
लघुवित्तले लाभांश दिने प्रस्तावलार्इ अागामी बार्षिक साधारणसभा र नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
अारएसडीसीको सञ्चालक समिति बैठकले ५७ करोड ५९ लाख २० हजार चुक्ता पूँजीको १०% हुन अाउने रकम बराबरको लाभांश दिने प्रस्ताव तयार गरेको हो ।
५% बोनस शेयरपछि यो लघुवित्तको चुक्ता पूँजी ६० करोड ४७ लाख १६ हजार रूपैयाँ पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया