बैंकिङ क्षेत्रको कुल निक्षेप ५१ खर्ब पुग्दा कर्जा ४७ खर्ब नाघ्यो

लोकपथ
21
Shares

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप ५१ खर्ब रुपैंयाँ पुग्दा कुल कर्जा रकम भने ४७ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा फाईनान्स कम्पनीहरुले आर्थिक बर्ष २०७८/०७९ को असार मसान्तसम्ममा ५१ खर्ब ५९ अर्ब १७ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ४७ खर्ब नौ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

यस अवधिमा सञ्चालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले मात्र भने कुल ४५ खर्ब ४५ हजार १५ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७७ अर्ब ८१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरुले भने यसअवधिमा पाँच खर्ब नौ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी चार खर्ब ४४ अर्ब ९३ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुले भने एक खर्ब चार अर्ब ५२ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ३० करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल शाखा संख्या भने यस अवधिमा छ हजार तीन सय ९४ वटा रहेको छ ।

जसमध्ये वाणिज्य बैंकहरुको पाँच हजार नौ, विकास बैंकहरुको एक हजार एक सय १८ र फाईनान्स कम्पनीहरुको दुई सय ६७ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?