एजेन्सी । फ्रान्सेली लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ विजयी भएको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा पिएसजीले निसलाई ३-० गोल अन्तरले पराजित गर्यो । ‘पीएसजी’को जितमा नेयमारले दुई तथा एनकन्कुले समान एक-एक गोल गरेका थिए ।
खेल शुरु भएको २२ मिनेट पनि बित्न नपाउँदै पिएसजीका लागि ब्राजिलियन स्टार नेयमारले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै, खेलको ४६ औँ मिनेटमा एन्कुकले गोल गर्दै खेललाई दोब्बर अग्रता दिलाए ।
खेलको ५९ औँ मिनेटमा विलयन सिप्रिएन दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिरीएपछि निस १० खेलाडीमा सिमीत भएको थियो । निर्धारित समयसम्म निसले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न भने सकेन ।
जितसँगै ‘पीएसजी’ले लिगको शुरुवाती आठ लिग खेलमा लगातार जित हासिल गर्दै कीर्तिमान बराबरी गरेको छ । यसअघि सन् १९६०-१९६१ सिजनमा एएस मोनाकोले पनि सोहि रेकर्ड कायम गरेको थियो । यो जितपछि ‘पीएसजी’ लिगको शिर्ष स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया