पोखरा प्रिमियर लिग ‘पीपीएल’ अक्सन : राष्ट्रिय टिमका ७ खेलाडी बिके सर्वाधिक महँगो मूल्यमा, कुन खेलाडीको दाम कति ?

काठमाडौं । आगामी कात्तिक ९ गतेदेखि शुरु हुने पोखरा प्रिमियर लिग ‘पीपीएल’ टी-२० लिग क्रिकेटको प्लेअर अक्सनमा राष्ट्रिय टिमका ७ खेलाडीहरु सर्वाधिक महंगो मूल्यमा बिक्री भएका छन्।

आइतवार एक कार्यक्रमको आयोजना गरि ‘प्लेअर अक्सन’ खेलाडी बिक्री गरिएको हो । ६ टिमको मार्की प्लेअरको रुपमा रहेका ६ जना खेलाडी बाहेक अन्य ७ खेलाडी सर्वाधिक २ लाख ५० हजार रुपैयाँमा बिक्री भएका हुन् । 

सर्वाधिक मुल्यमा बिक्री भएका खेलाडीहरुमा अनिल कुमार शाह, बसन्त रेग्मी, करण केसी, सागर पुन,  विनोद भण्डारी, आरिफ शेख र रोहित कुमार पौडेल रहेका छन् । सातै खेलाडीहरुले सिनीयर राष्ट्रिय टिमबाट खेल खेलिसकेका छन् । 

सिनीयर टिमका ललित भण्डारी २ लाख रुपैयाँमा बुटवल ब्लास्टर्समा तथा ललित राजवंशी १ लाख रुपैयाँमा पोखरामा आवद्ध भएका हुन् । त्यस्तै, भेट्रान स्पीनर शक्ति गौचनलाई चितवन टाइगर्सले अन्तिममा विचलिस्टमार्फत पेनाल्टी तिरेर आफ्नो टिममा समावेश गरायो । 

चितवनले अनिल कुमार शाह, करण केसी र आरिफ शेखलाई अनुबन्ध  गर्‍यो भने पोखरा पल्टनले रोहित पौडेल र विनोद भण्डारीलाई टिमलाई भित्र्याए । यता, काठमाडौँ रोएल्सले बसन्त रेग्मीलाई तथा बुटवल ब्लास्टर्सले सागर पुनलाई अनुबन्ध गर्न सफल भयो । 

उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेका अमित श्रेष्ठ, पवन सराफ, कमल सिंह ऐरी, शहाब आलम र भिम शार्कीलाई ‘म्याक्सिमम’ प्राइज १ लाख ५० हजारसम्मको बोली लागेको थियो।   पवन र अमित काठमाडौँमा आवद्ध भए भने शहाब विराटनगरमा, कमल धनगढी र भिम बुटवलमा अनुबन्ध भए । 

कुन खेलाडी कति रकममा अनुबन्ध भए 

विराटनगर टाईटन्स 

शाहब आलम – १ लाख ५० हजार

दिपेश श्रेष्ठ -९० हजार

राजेश पुलामी – १ लाख ५० हजार

जितेन्द्र मुखिया -७५ हजार

किशोर महतो ९० हजार

जितेन्द्र मुखिया -७५ हजार

पुष्प थापा -५० हजार

प्रदिप ऐरी -२ लाख ४० हजार

जितेन्द्र सिंह ठकुरी – ७० हजार

राजु रिजाल – ८५ हजार

सुनिल धमला -२ लाख २० हजार

हिमान्सु दत्त -५० हजार

रविन जोशी- ३० हजार

बुटवल ब्लास्टर्स 

सिदान्त लोहनी -१ लाख ६० हजार

मोहम्मद संसद शेख- ६० हजार

ललित सिंह भण्डारी – २ लाख 

हरि चौहान -१ लाख

पुरण बिक -३० हजार

सागर पुन- २ लाख ५० हजार

शंकर राना – ८० हजार

कास केसी -५० हजार

अविनाश बोहोरा -१ लाख

नितेश थापा – ३० हजार

हसिम अन्सारी -५० हजार

बिपिन खत्री -३० हजार

भिम सार्की – १ लाख ५० हजारप्र

चितवन राइनोज  स्

अनिल कुमार साह -२ लाख ५० हजार

भुवन कार्की -१  लाख ५० हजार

करण केसी -२ लाख ५० हजार

आरिफ शेख – २ लाख ५० हजार

राम नरेश गिरी -८५ हजार

सुमित महर्जन – ५० हजार

सोनु तामाङ – ८५ हजार

हरि शंकर साह – ९० हजार

विनोद लामा – ७० हजार

शक्ति गौचन -२ लाख ६२ हजार ५ सय 

एक्स्पर्ट धनगढी ब्लुज 

योगेन्द्र सिंह कार्की -१ लाख १० हजार

मन्जित श्रेष्ठ -५० हजार

कमल सिंह ऐरी -१ लाख ५० हजार

दिलीप नाथ -२ लाख ४० हजार

सन्तोस भट्ट -९० हजार

रोबिन क्षेत्री – ६० हजार

सन्दीप सुनार -९० हजार

सागर ढकाल – १ लाख ३० हजार

सन्दीप जोरा – ९० हजार

फिर्दोष अन्सारी – ३० हजार

सौरभ खनाल – १ लाख

विक्रम ठगुन्ना- ३० हजार

सन्दीप रजाली -३० हजार

काठमाडौं रोयल्स 

सुशन भारी  १ लाख ५० हजार

पवन सर्राफ – १ लाख ५० हजार

पृथु बास्कोटा – १ लाख २० हजार

अमर सिंह राउटेला-१ लाख

नरेश बुढाएर – २ लाख ३० हजार

नन्दन यादव- ५० हजार

बसन्त रेग्मी- २ लाख ५० हजार

अमित श्रेष्ठ – १ लाख ५० हजार

आदिल खान -५० हजार

सुमित झा – ३० हजार 

पोखरा  पल्टन

रोहित कुमार पौडेल-२ लाख ५० हजार

बिनोद भण्डारी-२ लाख ५० हजार

ललित नारायण राजवंशी- १ लाख

रशिद खान ( ७० हजार

कृष्ण कार्की – १ लाख

कुशल भुर्तेल- १ लाख ५० हजार

बिक्रम भुसाल – ५० हजार

मेहबुब आलम – १ लाख ६० हजार

आशिफ शेख – ८० हजार  

इशान पाण्डे- ५० हजार

दिभ्यान्सु मलिक – ३० हजार

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?