१४ वर्षपछि खुल्यो पशुपतिनाथको पूर्वी ढोका

लोकपथ
0
Shares

काठमाडौं । पशुपतिनाथ मन्दिरको पूर्वी ढोका १४ वर्षपछि खुलेको छ । पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) अवसरमा पशुपतिनाथको पूर्वी ढोका खोलेको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुँदै आएको थियो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपालीलाई मुलभट्ट बनाउने प्रयास बिवादमा परेपछि सुरक्षाका कारण देखाउँदै पूर्वी ढोका बन्द हुँदै आएको थियो । तर, यस वर्ष तीजको अवसरमा भने सो ढोका खोलिएको हो ।

पशुपतिनाथको पूर्वी ढोका खोलेसँगै सिनामङ्गल क्षेत्रबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटक टिकट काउन्टर क्षेत्रबाट प्रवेश गरी राममन्दिर–आर्यघाट क्षेत्र हुँदै पूर्वी ढोकाबाट पशुपतिनाथ मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाएको पशुपतिनाथ विकास कोषले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?