काठमााडाैं : गुल्मीमा निर्माण गरिएको हुग्दी जलविधुत अायोजनाले स्थानीयबासी र सर्वसाधारणका लागि ८ लाख १५ हजार ४१० कित्ता साधारण शेयर (अार्इपीअो) जारी गर्न लागेको छ ।
५ मेगावाटको माथिल्लो हुग्दी अायोजना रूरू जलविधुत परियोजनाले निर्माण गरिरहेको छ । रूरूले यही अायोजनाको २०% शेयर निष्काशन गर्न लागेको हो ।
निष्काशन गर्न लागिएको शेयरमध्ये स्थानीयबासीलार्इ १०% र सर्वसाधारणलार्इ १०% छुट्यार्इने परियोजनाले जानकारी दिएको छ । अार्इपीअो जारी गर्न यो कम्पनीले एनएमबी क्यापिटल लिमिटेडलार्इ बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हाल ३२ करोड ६१ लाख ६४ हजार ४ सय रूपैयाँ चुक्ता पूँजी रहेको यो कम्पनीले अार्इपीअो बिक्रीपछि यसको अाकार ४० करोड ७७ लाख ५ हजार ५ सय रूपैयाँ कायम गर्नेछ । शेयर बिक्री गर्दा उठ्ने रकम माथिल्लो हुग्दीको क्यास्केड अायोजनामा लगानी गर्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया