वित्तीय समावेशीकरणका लागि राष्ट्र बैंकले ल्यायो पोर्टल

काठमाडाैं : वित्तीय समावेशीकरणका लागि नेपाल राष्ट्र बैंकले नयाँ पोर्टल (वेभसार्इट) शुरू गरेको छ । बैंकले http://www.emap.nrb.org.np  नामको पोर्टल शुरू गरेको हो ।

नेपालभर रहेका बैंक तथा वित्तीय संस्था र सम्बन्धित सबै तथ्यांकहरू समेटिएको यो पोर्टललबाट वित्तीय संस्थामा नागरिकको पहुँचबारे जानकारी हासिल गर्न सकिन्छ । 

यो पोर्टलमा राष्ट्र बैंकले दैनिक, साप्ताहिक, मासिक र बार्षिक तथ्यांकहरू उपलब्ध गराउनेछ । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले पोर्टलको उद्घाटन गरिसकेका छन् । 

नियामक निकायले गरेका सबै कामहरू समेत यो पोर्टलमा समेटिनेछ । साथै, संघीय सरकारका अार्थिक गतिविधीको जानकारी पनि यो पोर्टलमा समावेश गरिने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?