काठमाडौं वर्ल्ड स्कुलमा लफडा

लोकपथ
455
Shares

काठमाडौं । काठमाडौं वर्ल्ड स्कुलमा लफडा भएको छ । भक्तपुर सूर्य विनायकस्थित वर्ल्ड स्कुलको कक्षा १२ मा अध्ययनरत विद्याथीहरुले विभिन्न निहुँमा विरोध जनाएपछि झडप समेत भएको थियो ।

काठमाडौंबाट त्यहाँ अध्ययन गरिरहेका र त्यहीका स्थानीय विद्यार्थीहरुबीच विवाद भएको थियो । तर क्याम्पस प्रशासनले काठमाडौंबाट गएका विद्यार्थीहरुलाई कारबाही नगरेको भन्दै स्थानीय विद्यार्थी र अभिभावकले विवाद गरेपछि दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता डिएसपी राजु पाण्डेले लोकपथलाई जानकारी दिए ।

‘दुई पक्षबीच विवाद हुँदा झगडा भएको हो ।’ उनले भने, ‘भक्तपुर र काठमाडौंका विद्यार्थीहरुबीच सामान्य कुरामा विवाद भएको रहेछ । त्यसलाई स्थानीय अभिभावकले समेत साथ दिएपछि अवस्था असामान्य बनेको हो ।’

साथै अहिले क्याम्पस प्रशासनले घटनालाई मिलाउने प्रयास गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?