काठमाडाैं : नागरिक उड्ययन प्राधिकरणले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारमा संलग्न चिनियाँ साङ्जी कन्स्ट्रक्सनसँगको ठेक्का तोडेको छ ।
एक बर्षअघि धावनमार्ग विस्तारका लागि ठेक्का पाएपनि सम्झाैतअनुसार काम नै शुरू नगरेपछि प्राधिकरणले साङ्जीसँगको ठेक्का तोडेको हो । यसअघि स्पेनीश कम्पनी साञ्जोसेले समयमै काम नगरेपछि ठेक्का तोडेर धावनमार्ग विस्तारको काम प्राधिकरणले पछिल्लो कम्पनी साङ्जीलार्इ दिएको थियो ।
ठेक्का पाएको १० महिनासम्म काम नै शुरू नगरेकाले सम्झाैता तोडिएको अायोजना निर्देशक बाबुराम पाैडेलले जानकारी दिए । अब सोही ठेक्काको बोलकबोलमा संलग्न बैकल्पिक कम्पनीलार्इ निर्माण दिनका लागि बोलपत्र छनोट प्रकृया शुरू गरिएको पाैडेलले जानकारी दिए ।
साङ्जीले गत नोभेम्बरमा ५६ करोड १८ लाख ७६ हजार रूपैयाँमा अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार ठेक्का हात पारेको थियो । विमानस्थल विस्तारको सबै काममा ठेक्का हात पारेको त्यसअघिको कम्पनीको ठेक्का बदर गर्दै प्राधिकरणले ४ वटा प्याकेजमा फेरि बोलपत्र अाब्हान गरेको थियो । सोही प्याकेजअन्तर्गत धावनमार्ग विस्तारको ठेक्का साङ्जीलार्इ दिर्इएको थियो । अन्य तीन प्याकेजको ठेक्का अोगटेका कम्पनीले पनि सन्तोषजनक काम गर्न सकेका छैनन् ।
प्राधिकरणले ठेक्का तोडेपछि स्पेनीश कम्पनी साञ्जोसेले सिंगापुर र्इन्टरनेशनल अार्बिटेशन सेन्टरमा मुद्दा हालेको छ । सो मुद्दाको छिनोफानो हुन अझै एक बर्ष लाग्ने अनुमान छ । अहिले तीन जना अन्तरराष्ट्रिय हवार्इ कानूनविज्ञमार्फत यो मुद्दाको अार्बिटेशन शुरू भर्इसकेको छ ।
सबै काममा ढिलार्इ :
अन्तर्राष्ट्रिय टर्मिनल भवन बिस्तारको काम लिएको शर्मा प्रेयरा आशिष जोइन्ट भेन्चरले पनि काममा ढिलार्इ गरिरहेको छ । हालसम्म जम्मा १८% मात्र काम सकेको यो कम्पनीले हालसम्म डिपार्चर गेटका लागि ढलान र पर्खालको काम मात्र सकेको छ । यो कम्पनीले ८७ करोड ८ लाख ५९ हजार रूपैयाँमा टर्मिनल भवन विस्तारको ठेक्का पाएको हो ।
आशिष प्रेयरा जोइन्ट भेन्चरले २१ करोड ७२ लाख ४५ हजार रूपैयाँमा ठेक्का लिएको एरार्इभल एरिया निर्माणको कामले पनि गति लिन सकेको छैन । अन्तरराष्ट्रिय हवार्इ पार्किङस्थल निर्माणका लागि प्राधिकरणले अहिलेसम्म ठेक्का लगाएको छैन । कात्तिकमा मात्र यो कामका लागि बोलपत्र अाब्हान गर्ने प्राधिकरणको तयारी छ ।
विमानस्थलको धावनमार्ग स्तरोन्नती ठेक्का पनि टुंगिर्इसकेको छैन । असोज २१ गते मात्र अावेदक कम्पनीको छनोट प्रकृया शुरू गर्ने तयारीमा प्राधिकरण लागेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया