एजेन्सी । इटालियन लिग सिरी ‘ए’ फुटबल अन्तर्गत एसी मिलान विजयी भएको छ ।
सासुलोको घरेलु मैदानमा आइतवार राति सम्पन्न भएको खेलमा एसी मिलानले सासुलोलाई ४-१ गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेलको ३९ औँ मिनेटमा एसी मिलानका लागि फ्रान्क यान्निक किसेले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको एसी मिलानले दोस्रो हाफमा थप तीन गोल गर्यो । दोस्रो हाफ शुरु भएको ५ मिनेटमा नै मिलानका लागि सुसोले गोल गर्दै खेललाई २-० को स्थितीमा पुर्याए ।
एक पक्षिय रहेको खेलको ६० औँ मिनेटमा स्यामुल क्यास्टिल्जोले गोल गरे । यता, खेलको ६८ औँ मिनेटमा सासुलोका लागि फिलिपले गोल गर्दै खेललाई ३-१ को स्थितीमा ल्याए ।
खेलको इन्जुरी समयमा सुसोले व्यक्तिगत दोस्रो तथा क्लबका लागि चौंथो गोल गरे । जितपछि एसी मिलान ६ खेलबाट ९ अंकका साथ लिगको १० औँ स्थानमा उक्लिएको छ । ७ खेलबाट २१ अंक बनाएको युभेन्टस् भने लिगको शिर्ष स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया