कुमारी बैंककाे खुर्कोट शाखा सञ्चालनमा

लोकपथ
35
Shares

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा बागमती प्रदेशको सिन्धुली जिल्लास्थित खुर्कोटमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले खुर्कोट शाखा बुधवारबाट सञ्चालनमा ल्याएकोे हो ।

उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार आगामी दिनहरुमा पनि थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पुर्‍याउने योजना रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?