एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सन् २००९ मा अमेरिकी महिलाले लगाएको बलात्कारको आरोप झुटो भएको बताएका छन् ।
रोनाल्डोले यो सबै आरोप झुटो भएको बताएका हुन् । उनले ती व्यक्तिहरुले आफ्नो नामसँग जोडर प्रख्यात हुन खोजेको पनि जानकारी दिए । रोनाल्डोका वकिलहरुले यस घटनाबारे झुटो समाचार प्रकाशित गर्दै रोनाल्डोमाथि आरोप लगाउने जर्मनीको डेर स्पिगेलमाथि कानुनी कारवाही अगाडी बढाएको बताइएको छ ।
मायोर्गा नामकी महिलाले अमेरिकाको लस भेगास पुलिसमा रिपोर्ट दर्ता गराएकी थिइन् । सन् २०१० मा उनले अदालत नगई झन्डै ३ लाख पाउण्डमा रोनाल्डोसँग यस विषयमा केही नबोल्ने भन्दै मिलापत्र गरेको उक्त रिपोर्टमा उल्लेख छ ।
यसै सिजनमा मात्र स्पेनिस क्लब रियल म्याड्रिडबाट १ सय मिलियन पाउण्डमा युभेन्ट्स पुगेका रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया