‘मुक्तिनाथ उत्कृष्ट मुद्धती’ योजना सञ्चालनमा

लोकपथ
91
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक निक्षेपकर्ताहरुलाई लाभदायी ब्याजदर प्रदान गर्नेे र रु २२.५० लाख सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्धती’ योजना सञ्चालनमा ल्याएको छ ।

यो योजना अन्तर्गत व्यतिmगत मुद्धती खातामा न्यूनतम ५ लाख रुपैयाँ मौज्दात राखेर मुद्धती खाता खोल्ने खातावालहरुले आफना लागि १० लाख सम्मको दुर्घटना बीमा, २ लाखको घातक रोग बीमा र ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाउन सक्नेछन् ।

यस योजना अन्तर्गत ग्राहकहरुले १ वर्ष देखि २ वर्ष सम्मको मुद्धती खाता खोल्न सकिने बैंकले जनाएको छ ।

जति अवधिको मुद्धती खाता खोलियो त्यतिनै समयावधिका लागि बीमा सुविधा प्राप्त सकिने बैंकले जनाएको छ । यो योजनाबाट ग्राहकवर्गहरुलाई फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?