फेसबूक प्रयोगकर्ताका पाँच करोड खाता ह्याकरको पञ्जामा !

काठमाडौं । सोसियल मिडिया नेटवर्किङ कम्पनी फेसबूकको डाटा लीक भएको खबर बाहिरिएको छ । उक्त डाटाका अनुसार ह्याकरले ५० मिलियन अर्थात् ५ करोड फेसबूक एकाउन्टलाई ह्याकरले आफ्नो कन्ट्रोलमा लिएका थिए ।

फेसबूकले २५ सेप्टेम्बरमा नै यो बारेमा जानकारी गराएको थियो । फेसबूकका ५ करोड प्रयोगकर्ताका एकाउन्ट भ्यु एज फिचरका माध्यमबाट एक्सेस टोकनमार्फत ह्याक गरेका थिए । यस एक्सेस टोकनका माध्यमबाट फेसबूक प्रयोगकर्ताको खाता सधै लग्ड इन नै रहन्छ । युजर्सले विना पासवर्ड अर्कोपटक फेसबूकलाई ह्याक गर्न सक्छन् । ह्याकरले यही डिजिटल टोकनमा आक्रमण गरेका थिए ।

अहिले फेसबूकले यो समस्यालाई हल गरिसकेको बताएको छ ।

यसका अतिरिक्त ४ करोड अन्य प्रयोगकर्ताको युजर्स पनि फेसबूकले रिसेट गरिदिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?