माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारण शेयर निष्काशन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट (घ) वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा रहेको स्वाभिमान माइक्रोफाइनान्स वित्ती संस्था लिमिटेडले सर्वसाधारणका लागि ३० प्रतिशत शेयर निष्काशन गर्ने भएको छ । 

माइक्रोफाइनान्सले  ३० प्रतिशतको दरले एक लाख ८० हजार कित्ता सर्वसाधारणका लागि साधारण शेयरका दिने भएको हो । 

१० जिल्ला कार्यक्षेत्र रहेको माइक्रोफाइनान्सको प्रथम त्रैमासिमा कुन ४९ करोड कर्जा र १४ करोठड बचत संकलन गर्न सफल भएको छ । 

प्रथम त्रैमासमा कुल १९ वटा शाखा कार्यालय मार्फत १० हजार ३ सय ग्राहक सदस्यलाई शेयर निष्कान गर्न लागेको हो । 

यस संस्थाले १३ महिनामा दुई लाख ५५ हजार मुनामा आर्जन गरेको छ । साथै प्रथम त्रैमासको दोस्रो महिनामा २३ लाख ९० हजार सञ्चालन मुनाफा आर्जन गरेको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?