काठमाडौं । धितोपत्र बजारमा सोमवार पनि शेयरको मूल्य ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १८.०४ बिन्दुले घटेर एक हजार २३८.६७ पुगेको छ । आइतबार जस्तै सोमवार पनि बजार दोहोरो मूल्यले ओरालो लागेको हो । त्यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ४.२९ बिन्दुले घटेर २६२.८० बिन्दुमा पुगेको छ ।
कारोबार रकममा समेत सोमवार गिरावट आएको स्टकले जनाएको छ । कूल १ सय ६५ कम्पनीको १७ लाख ६१ हजार ८ सय १७ कित्ता शेयर ५३ करोड ९६ लाख तीन हजार ९ सय ३५ मूल्यमा खरीद बिक्री भएको हो ।
उत्पादन उपसमूहको शेयर मूल्यमा वृद्धि भएपनि अन्य शेयर मूल्य भने ओरालो लागेको छ । उत्पादन समूह २६.८ बिन्दुले बढ्दा सोमवार व्यापार समूहको भने कुनै पनि शेयर कारोबार भएन ।
बैङ्किङ १९.८५, होटल १८.२६, विकास बैङ्क २९.७३, जलविद्युत् ८.९१, वित्त १.५९, निर्जीवन बीमा ७१.७३, अन्य ६.४, माइक्रोफाइनान्स १८.७२ र जीवन बीमा ७८.५६ बिन्दुले घटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया