बोर्डको बैठक बस्दै, आजै कक्षा १२ को नतिजा आउन सक्ने

लोकपथ
658
Shares

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज(शुक्रबार) साँझ ५ बजे बस्ने भएको छ । कक्षा १२ को नतिजा प्रकाशनलगायतका विषयमा छलफलका लागि बैठक बोलाइएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले लोकपथलाई जानकारी दिए ।

बैठककाे मुख्य विषय परीक्षाको नतिजा सार्वजनिक नै रहेकाले आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारीमा बोर्ड जुटेको छ । ‘बैठक आह्वान गरेका छौं,’ सदस्य सचिव अर्यालले भने, ‘कुनै प्राविधिक समस्या आएन भने आज साँझ नै कक्षा १२ को नतिजा सार्वजनिक हुने सम्भावना छ ।’

गत जेठ १६ देखि २६ गतेसम्म सञ्चालित परीक्षामा ४ लाखभन्दा बढी विद्यार्थी सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?