यू–१८ महिला ‘साफ’ फुटबल : नेपालले बंगलादेशको सामना गर्दै

काठमाडौं । भूटानमा जारी यू–१८ महिला ‘साफ’ फुटबल च्याम्पियनसीप अन्तर्गत मंगलवार नेपालले बंगलादेशको सामना गर्दैछ । 

दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले मंगलवार विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूहको उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गर्नेछन् । यसअघि भएको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले पराजित गरेको थियो ।

त्यस्तै बंगलादेशलले पाकिस्तानमाथि १७–० ले जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । 

गोल अन्तरका आधारमा बंगलादेश अगाडि रहेकाले मंगलवारको खेलमा विजयी हुने टोली समूह विजेताका रुपमा सेमिफाइलनमा प्रवेश गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली समयानुसार साँझ पौने ७ बजेपछि शुरु हुनेछ । 

प्रारम्भिक नेपाली टोली
गोलकिपर : अञ्जना रानामगर, उषा नाथ, कविता राई

डिफेन्डर : निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा राना मगर

मिडफिल्डर : शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती 

स्ट्राइकर : रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?