काठमाडौं । बंगलादेशमा जारी ‘एसीसी’ यू–१९ एशिया कप क्रिकेट अन्तर्गत संयुक्त अरब इमिरेट् ‘युएई’ले नेपालसामु २ सय ६९ रनको चुनौती प्रस्तुत गरेको छ ।
समूहका अघिल्ल दुई खेलमा हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल र युएईका लागि यो खेल प्रतिष्ठाका लागि मात्र हो ।
साभरस्थित मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६८ रनको योगफल तयार पारेको थियो । युएईका लागि फाहद नावाजले सर्वाधिक ८४ रन तथा अंश टण्डनले ६७ रनको योगदान दिए । नावाज र टण्डनले पहिलो विकेटका लागि १ सय ५९ रनको साझेदारी गरेका थिए ।
बलिङतर्फ नेपालका नन्दन यादव, रशिद खान र पवन सर्राफले समान २-२ विकेट लिएका थिए । यता सागर ढकाल र सोनु तामाङले युएईको १-१ लिन सफल भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया