काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन टोलीले अखाद्य बस्तु मिसावट गरेर मिठाई बनाएको भेटिएपछि नयाँ बानेश्वरस्थित संगम मिठाई पसलमा शील गरिएको छ ।
खाद्य प्राविधि तथा गुण नियन्त्रण बिभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपभोक्ता अधिकारकर्मीको संयुक्त टोलीले बानेश्वर क्षेत्रका पसलमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा संगम स्वीट्सले प्रतिबन्धित केमिकल हाइड्रोसिल समेत मिठाइमा प्रयोग गरेको पाइएको विभागले जनाएको छ । कपडामा प्रयोग गरिने हाइड्रो ए वान केमीकल समेत मिठाइ बनाउन प्रयोग गरेको भेटिएको छ ।
पसलका गोदाममा भेटिएको मैदामा समेत उत्पादन मिति नभएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया