काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबलको समुह चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
कक्सबजारमा मंगलवार साँझ भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन नेपाल ताजकिस्तानसँग २-० गोल अन्तरले पराजित भएको हो ।
खेलको २७ औँ मिनेटमा ताजकिस्तानले पेनाल्टीमार्फत गोल गर्दै खेलमा १-० को अग्रता बनायो । अनन्त तामाङले ताजकिस्तानका खेलाडीलाई डिबक्स एरियामा लडाएको भन्दै रेफ्रीले पेनाल्टी दिएको थियो । सो अवसरलाई ताजकिस्तानका फाथ्खुल्लो फाथुएल्लोभले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए ।
खेलको पहिलो हाफमा ताजकिस्तानले नेपाललाई परै दवावमा राखेको थियो । खेलको ७० औँ मिनेटमा टुरीनोभ कोमरोनले गोल गर्दै खेललाई २-० को स्थितीमा ल्याए ।
निर्धारित समयसम्म नेपालले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन् र खेलमा २-० को हार बेहोरेको हो । जीतपछि ताजकिस्तानले सेमिफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । जीतसँगै ताजकिस्तानले महत्वपूर्ण ३ अंक जोडेको छ ।
अब नेपालले दोस्रो खेलमा प्यालेस्टाइनसँग भिड्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया