काठमाडौं । भुटानमा जारी यू–१८ साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलवार राति भएको समूहको दोस्रो खेलमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले पराजित हुँदै उपविजेतामा सिमित भएको हो । त्यस्तै, बंगलादेश भने समूह विजेता बनेको हो ।
खेलको १६ औँ मिनेटमा बंगलादेशका लागि सिरात जोहान सोप्नाले पहिलो गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाए । ३२ औँ मिनेटमा श्रीमोती कृष्णरानी सरकारले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाए ।
पहिलो हाफसम्म २–० गोलले पछि परेको नेपालले इन्जुरी समयमा १ गोल फर्काएको थियो । नेपालका लागि रश्मीकुमारी घिसिङले एक गोल गरेकी थिइन ।
यसअघि नेपालले पाकिस्तानलाई १२–० गोल अन्तरले तथा बंगलादेशले पाकिस्तानलाई १७–० ले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया