आमाबाबुको काख बनेर आउँदै छ मेसिन

एजेन्सी : आमाबाबु नयाँ बनेको दम्पत्तिका लागि सन्तान सुखसँगै निद्रा गुमाउने समस्या पनि उत्पन्न हुने गरेको छ । नचाहिँदो बेलामा शिशुको रोदनले दम्पत्तिलाई कहिले काहीं दिक्क लाग्ने गरेको छ

सन्तान सुख हुने दम्पत्तिलाई शिशुको अनावश्यक बेला हुने गरेको रोदनले सम्बन्ध विच्छेदसम्मको अवस्था आउने गरेको देखिन्छ । निद्रा नपुगेको अवस्थामा शरीरमा रोग लाग्ने पनि हुने गरेको देखिन्छ ।

ठूला बडा धनीमानीले यो  समस्याको समाधान धाइआमा राखेर गर्ने गरेको देखिन्छ । राजपरिवारहरूमा धाइआमाहरूको इतिहास रहेको पाइन्छ । यो समस्याको समाधान विकसित उच्च प्रविधि विकासले खोजिदिएको छ ।

शिशुलाई सुताउने यस्तो सानो कोक्रो बनाइएको छ जुन कोक्रो आफै हल्लिन्छ । रोइरहेको शिशुलाई निदाउन लगाउने काम यो कोक्रोले आफै गर्छ । आमाबाबुले सुम्सुमाएर शिशुलाई सुताउने काम यो कोक्रोले गर्छ । 

यसलाई स्नू भनिएको छ । यो स्नूले गर्भमा शिशु रहेका बेला जुन किसिमको अनुभव गर्छ त्यस्तो अनुभव दिनेछ । गर्भमा झिल्लीहरूबीच घेरिएको ,आवाजहरूको संवेदनाबाट बाँधिएको हुन्छ त्यसै अनुसारको अनुभव यो कोक्रोले शिशुलाई दिने गर्छ ।

यो काक्रोमा रहेको शिशु रून थाल्छ त्यतिखेर यो आफै हल्लिन थाल्छ । रून लागेको यो शिशुलाई कुन किसिमको हल्लाइ चाहिने हो , कुन किसिमको आवाज चाहिने हो त्यसै अनुसारको व्यवहार कोक्रोले गर्छ र शिशुलाई शान्त पार्छ ।

स्नूको डिजाइन स्विस डिजाइनर एब्स बेहरले गरेका छन् । बेहरका अनुसार यो कोक्रोमा प्रविधिहरूको प्रयोग गरी मानिसको संवेदनाहरूलाई जोडिएको छ ।

यसमा सेन्सर, रोबोटिक दिमाग र माइक्रोफोनको प्रयोग गरिएको छ । तर यी वस्तु यसमा देखिदैन् । यो कोमल धुन सकिने गरी कपडा सहित निर्माण गरिएको छ ।

दम्पत्तिलाई शिशुको रोदनबाट दिकदार हुनबाट जोगाउँछ । धाई आमा शिशुका लागि नियुक्त गरिँदा धाई आमाको नीजी काम परेका बेला शिशुलाई छोडेर जानुपर्ने समस्या होला तर यसलाई त्यो समस्या पनि हुँदैन् । त्यो पनि चौबीसै घन्टा ।

यो आमाबाबुको स्पर्श दिने गरी निर्माण गरिएको छ ।

लन्डनस्थित भिक्टोरिया एन्ड अलब्र्ट म्युजियममा यहाँबाट भविष्य शुरू हुने ‘द फ्च्युचर स्टार्ट्स हेयर’ क्षेत्रको हेरचाह गर्ने मरियाना पेस्तानाले भनिन् ‘ यो स्नू एक शानदार अविष्कार हो । तर अर्को तर्फ दुःखको यो छ कि हामीले आफ्नो शिशुको स्याहार गर्ने जिम्मा मेसिनलाई दिइरहेका र्छौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?