काठमाडौं । चितवन टाईगर्सले आदीअवादी महिला लिग ‘एनभिए’ भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कबर्ड हलमा बुधबार भएको फाइनल खेलमा चितवन टार्एगर्सले सशस्त्र प्रहरीको एपीएफ कलबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो ।
चितवन टाईगर्सले एपीएफलाई खेलको पहिलो सेटमा २५-२० को निक्कै प्रतिस्पर्धामा खेलमा हरायो । त्यस्तै, दोस्रो सेटमा २५-१७ ले तथा अन्तिम सेट २५-१५ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो।
उपाधिसँगै चितवन टाईगर्सले ६ लाख रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको एपीएफले ३ लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा तेस्रो स्थान हात पारेको न्यु डायमण्ड एकेडमीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो ।
तेस्रो स्थानको लागि भएको खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई २५-१८, २५-२१ र २५-१९ हराएको थियो । नेपाल भलिबल संघ र आदीअवादी फाउन्डेसनको आयोजनामा भएको प्रतियोगितामा ६ टोली सहभागी थिए ।
चितवन टार्इगर्सकी अरूणा शाही मोस्ट भ्याल्युएवल प्लेयर घोषित भइन् । उनले नगद ५० हजारसहित एक थान स्कुटर हात पारिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया