संस्कृति संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजानुपर्छ : मन्त्री श्रेष्ठ

लोकपथ
28
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले संस्कृतिको संरक्षणका लागि दिइने रकम समयानुकुल बढाउँदै लैजान आवश्यक रहेको बताएका छन् ।

बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा सहभागि भएका मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले इन्द्रजात्रा सांस्कृतिक महत्वले भरिपूर्ण भएकोले यसको छुट्टै महत्व र पहिचान रहेको उल्लेख गरे ।

मन्त्री श्रेष्ठले सांस्कृतिक महत्व बोकेका पर्वहरुलाई समयसापेक्ष बनाइ उनीहरुको जगेर्नाका लागि समर्थन र सहयोग गर्नुपर्ने बताए । उनले पर्व सञ्चालनको व्यवस्थालाई पनि समयसापेक्ष परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताए ।

उनले सांस्कृतिक पर्व पैसाले मात्रै बच्ने नभएकोले सबैको संलग्नता र सहयोगको आवश्यक भएको बताए । उनले भने, ‘यो हाम्रो ऐतिहासिक दिन हो । इन्द्रजात्रा भन्ने पर्व सांस्कृतिक पर्व हो । हाम्रो पहिचान र सभ्यता हो । यसको ऐतिहासिक महत्व छ । आजबाट लिंगो ठड्याउने काम भएपछि इन्द्रजात्रा पर्व सुरु भयो ।

हाम्रा जात्रा, पर्व, संस्कृतिहरुको लागि हिजोको अवस्थामा जसरी सञ्चालनको लागि व्यवस्था भएको थियो, त्यो अब समयसापेक्ष परिमार्जन गर्नुपर्छ । यसमा दिइरहेका जुन खालका अनुदानहरु छन्, सञ्चालनको लागि दिने रकम अहिलेको समय सापेक्ष बढाउनुपर्छ । संस्कृतिको संरक्षणका लागि समयानुकुल, समर्थन र सहयोग गर्नुपर्छ ।

यो पैसाले मात्रै बच्ने संस्कृति होइन, सबैको संलग्नतामा मात्रै यी पर्वहरु आयोजना हुनसक्छ । गुठीहरुलाई कसरी संरक्षण गर्ने, यसको लागि चाहिने खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरा हेरेर समयसापेक्ष परिमार्जन गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’

मन्त्री श्रेष्ठले सांस्कृति पर्वहरुलाई जोगाइराख्न त्यसमा सम्वद्ध गुठीहरुलाई पनि संरक्षण गर्नुपर्ने भन्दै गुठीहरुको खर्चलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा जोड दिन आवश्यक रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?