काठमाडौं । लुम्बिनी विकास बैंकले ९३ हजार चार सय सात कित्ता संस्थापक सेयर बुधवारदेखि लिलामीमा राखेको छ । बैंकले चार सदस्यहरूको नाममा रहेको उल्लेखित कित्ता सेयर विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न सक्ने गरी लिलामीमा राखेको हो ।
इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउने बैंकले भनेको छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर बिक्री गरिने जानकारी बैंकले दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया