बैंक अफ काठमाण्डू लिमिटेडले आउँदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण इकर्मश कारोबारमा नगद फिर्ता योजना ल्याएको छ । बैंकको कार्डबाहकहरुले विभिन्न ई-कमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गरेमा ग्राहकहरुले कारोबार गरेको रकमको १० प्रतिशत वा अधिकतम् १५ सय रुपैंयाँसम्म नगद फिर्ता पाउन सक्नेछन् ।
बैंकका अनुसार यो नगदफिर्ता योजना यहि २०७९ साल भाद्र २२ गते बुधबारबाट सुरु हुनेछ । यस नगदफिर्ता योजना अन्र्तगत बैंकको कार्डबाहकहरुले नगद फिर्ताको लागि योजना अवधिभर तीन वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ र कारोबार रकम १० हजार वा सो भन्दा बढि रकम हुनपर्नेछ । यदि कोहि ग्राहकहरुको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डबाहकहरुले बैंकको वेवसाइटमा गई आँफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्ने छन् अथवा आफुलाई पायक पर्ने बैंकको कुनैपनि शाखा कार्यालयमा गई अनलाइन कारोबारको लागि निशुल्क दर्ता गर्न सक्ने छन् ।
बैंकको आफ्नो डेबिट तथा क्रेडिट कार्डबाहकहरुले विभिन्न ईकमर्स प्लेटफर्महरुमा अनलाइन माध्यमबाट आफुलाई मनपर्ने सामानहरु खरिद गरी बैैकको कार्डबाट विद्मुतीय माध्यमबाट भुक्तानी गरिरहेका छन् । पछिल्लो समय कार्डबाट हुने विद्मुतिय भुक्तानी कारोबारमा बैंकको ग्राहकहरुको रुचि बढिरहेको छ । यस्तै रुचिहरुको निरन्तरता तथा रुची वृद्धिको लागि यस बैंकले विभिन्न समयमा कार्डबाहकहरुको फाईदाको लागि नगदफिर्ता तथा छुट योजनाहरु ल्याइरहेको छ ।
यस नगद फिर्ता योजनाले ग्राहकहरुलाई धेरै फाईदा हुने भएकोले यस योजनामा ग्राहक महानुभावहरुको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ । साथै, यो नगदफिर्ता योजना सिमित अवधिको लागि भएको हुनाले यस नगदफिर्ता योजनामा चाडै सहभागि भई कार्डबाहकहरुलाई फाईदा लिन बैंक आव्हान गर्दछ ।
विद्मुतिय कारोबारमा बैंकको ग्राहकलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ई-कमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि यस्ता योजनाहरु ल्याई ग्राहकहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ ।
हालसम्म बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया