काठमाडौं । नेपाल पुलिस क्लबले दोश्रो नेपाल स्ट्रङ्गेष्टमा महिलातर्फको खेल समाप्त हुँदा ५ स्वर्ण जित्न सफल भएको छ।
प्रतियोगिताको पहिलो दिन नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा भारोत्तोलनबाट सबै भन्दा बढि पदक दिलाउन सफल ओलम्पियन एवं तत्कालिन ओलम्पियन संघका अध्यक्ष तथा नेपाल भारोत्तोलन संघका उपाध्यक्ष सुनिल लाल जोशीको स्मृतीमा आयोजना गरिएको भारोत्तोलन प्रतियोगितामा स्ट्रङ्गगेष्ट महिला नेपाल प्रहरीकी तारादेवी पुन स्वर्ण पदक हात पार्न सफल भएकी छिन् ।
पुनले ७५ केजीमाथीको तौल समूहमा सिनियर तर्फ १ सय ६६ केजी भारका साथ स्वर्ण जितेकी हुन् । स्नाचमा ७१ केजी उचालेकी उनले क्लिन एण्ड जर्कमा ९५ केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी सेनाकी अश्मिता राईले स्नाचमा ५० र क्लिनमा ६२ गरि कुल १ सय १२ केजी भार बहन गरिन् ।
प्रहरीकी सुधा थापाले कास्य पाईन् । उनले स्नाचमा ४७ केजी र क्लिनमा ५२ केजी गरि कुलमा ९९ केजी उचालिन् । सोही विधाको जुनियर तर्फ भएको एकल प्रतिस्पर्धामा नेपाल ब्यायाम मन्दिरकी विद्या राईले स्नाचमा ४०, क्लिनमा ६२ का साथ कुलमा १ सय २ केजी भारका साथ स्वर्ण कब्जा गरिन् ।
नेपाल प्रहरीकी संगिता राईले स्वर्ण प्राप्त गरिन् । उनले ४८ केजी तौल समूहमा सिनियर तर्फ नेपाली सेनाकी रिता गुरुङले पछि पार्दै स्वर्ण जितेकी हुन् ।
राईले स्नाचमा ५३ केजी र क्लिन एण्ड जर्कमा ६७ केजीका साथ कुलमा १२० केजी भार बहन गरिन् । दोश्रो स्थानमा रहेकी सेनाकी रिताले स्नाचमा ४५ र क्लिन एण्ड जर्कमा ५३ केजी गरि कुल ९८ केजी भार बहन गरिन् ।
यसै समूहको जुनियर तर्फ झापाकी करिना चौधरीले कुल १ सय केजी भार बहन गर्दै स्वर्ण जितिन् । उनले स्नाचमा ४५ केजी तथा क्लिन एण्ड जर्कमा ५५ केजी भार बहन गरिन् । दोश्रो स्थानमा डिभाईन फिजिकल फिटनेशकी पल्लभी कुमारी चौधरी रहिन् । उनले स्नाचमा ३५ केजी र क्लिनमा ४२ केजी गरि कुलमा ७७ केजी उचालिन् ।
काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको महिलाको ५३ केजी तौलमा नेपाल प्रहरीकी देवी कुमारी चौधरीले प्रथम स्थान हात पारिन् ।
उनले स्नाचमा ६५, क्लिनमा ७५ केजीका साथ कुलमा १४ केजी भार उचालिन् । दोश्रो स्थानमा रहेकी सेनाकी मनिषा रानाभाटले स्नाचमा ५० तथा क्लिनमा ७० केजी गरि कुल १ सय २० केजी उचालिन् । यसै समूहको जुनियर तर्फ बाँकेकी संजु चौधरीले स्वर्ण पाईन् ।
एकल प्रतिस्पर्धा गरेकी उनले स्नाचमा ६८ केजी र क्लिनमा ८५ केजीका साथ १ सय ५३ केजी भार बहन गरिन् ।
५८ केजी तौलमा सिनियर तर्फ नेपाली सेनाकी कमला श्रेष्ठ र जुनियर तर्फ बाँकेकी कविता चौधरीले स्वर्ण पाए । एकल प्रतिस्पर्धा गरेकी कमलाले स्नाचमा ६५ केजी र क्लिनमा ७५ केजीका साथ कुलमा १ सय ४० केजी उचालिन् । यस्तै कविताले स्नाचमा ४२ र क्लिनमा ५६ केजी गरि कुलमा ९८ केजी भार बहन गरिन् ।
त्यस्तै ६३ केजीको सिनियर तर्फ सेनाकी सारदा चौधरीले स्वर्ण पाईन् । एकल प्रतिस्पर्धामा उनले स्नाचमा ६० र क्लिनमा ६५ केजी गरि कुल १ सय २५ केजी भार बहन गरिन् ।
६९ केजीमा नेपाल प्रहरीकी राज लक्ष्मी थापाले स्वर्ण हात पारिन् । स्नाचमा ६७ केजी र क्लिनमा ८६ केजीका साथ उनले कुलमा १ सय ५३ केजी भार बहन गरिन् । यस्तै पुलिसकै जानकी बुढाले १ सय २४ केजीका साथ रजत पाईन् । उनले स्नाचमा ५६ र क्लिनमा ६८ केजी उचालिन् । यसै विधाको जुनियर तर्फ चितवनकी पुजा कुमालले स्वर्ण पाईन् ।
उनले स्नाचमा ४० र क्लिनमा ४५ केजी गरि कुलमा ८५ केजी उचालिन् ७५ केजी तौलमा पुलिसकी लक्ष्मी बनले स्वर्ण र सेनाकी मन कुमारी कुमालले रजत पाए । बनले स्नाचमा ६० र क्लिनमा ७८ गरि कुलमा १ सय ३८ केजी तथा कुमालले स्नाचमा ५७ केजी र क्लिनमा ७६ केजी गरि १ सय ३३ केजी भार बहन गरे ।
ललितपुर कुमारीपाटीस्थित अग्नि पार्टी प्यालेसमा भएको प्रतियोगिताको पुरुष ५६ केजी तौलमा नेपाली सेनाका तुलाराम महतोले सेनाकै सन्तोष थपलियालाई पछि पार्दै स्वर्ण हात पारे । महतोले स्नाचमा ८७ केजी र क्लिनमा १ सय केजी गरि कुल १ सय ८७ केजी भार बहन गरे ।
दोश्रो भएका थपलियाले १ सय ६१ केजी भार उचाले । उनले क्लिनमा ६८ र स्नाचमा ९३ केजी भार बहन गरे । तेश्रो स्थानमा एपिएफका चक्रमान प्रधान रहे । उनले स्नाचमा ५० र क्लिनमा ५२ केजी गरि १ सय २ केजी उचाले ।
जुनियर तर्फ एपिएफका लालबाबु पासवानले स्वर्ण हात पारे । पासवानले स्नाचमा ७६ केजी र क्लिनमा ९० केजी गरि १ सय ६६ केजी उचाले ।
प्रतियोगितामा भारोत्तोलन खेलमा जुनियर खेलाडीहरुको उदय भईरहेकोमा भारोत्तोलन खेलको भविष्य राम्रो रहेको आयोजक काठमाडौं जिल्ला भारोत्तोलन संघका अध्यक्ष विजेन्द्र विक्रम शाहले बताए ।
उनले प्रतियोगितामा सिनियर खेलाडीहरुको तुलनामा जुनियर खेलाडीहरुको प्रदर्शन निकैनै स्तरिय रहेको बताए । प्रतियोगितालाई स्तरियता प्रदान गर्न भारतबाट रेफ्रि जजलाई प्रतियोगितामा बोलाईएको समेत बताए ।
यसका साथै अध्यक्ष शाहले आगामी दिनमा यस प्रतियोगितालाई अन्तराष्ट्रिय प्रतियोगिताको रुपमा अगाडी बढाउन पहल गर्ने पनि बताए ।
प्रतियोगितामा भारतका रेफ्रि÷जज सुरज बर्माले पनि निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
यस अघि प्रतियोगिताको प्रमुख अतिथी स्व। सुनिललाल जोशीकी धर्म पत्नी रेखा जोशी र नेपाल भारोत्तोलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका कोषाध्यक्ष रतन कुमार टण्डनले संयुक्त रुपमा पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया