१० किलोभन्दा बढी सुन खरिद गर्दा गभर्नरबाट स्वीकृत अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० किलो भन्दाबढी सुन र ८० किलोभन्दा बढी चाँदी खरिद गर्नु परे गभर्नरबाट स्वीकृत लिनुपर्ने व्यवस्था गरेको छ । 

अब १० किलो सुन र ८० किलो चाँदी खरिद गर्दा डेपुटी गभर्नरबाट स्वीकृत गराउनुपर्नेछ  । 

राष्ट्र बैंकले यस्तो व्यवस्थासहितको सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि पारित गरेको हो । 

५ किलो सुन र ५० किलो चाँदी खरिद गर्न भने मुद्रा व्यवस्थापन विभागबाट सोझै स्वीकृत लिन सकिने व्यवस्था कार्यविधिले गरेको छ । 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाइएको हो ।

कार्यविधि बमोजिमको काम कारबाहीका लागि आवश्यक सुनचाँदी तथा अन्य धातु प्रचलित ऐन तथा विनियमावलीमा तोकिए बमोजिमको प्रक्रिया अवलम्बन गरी स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारबाट खरिद गर्न सकिनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?