एनआईसी एशिया क्यापिटलद्वारा “एक्सप्रेस डिम्याट सेवा” सञ्चालन

लोकपथ
0
Shares

काठमाडौं । एनआईसी एशिया क्यापिटलले विगत लामो समय देखि “एक नेपाली, एक डिम्याट खाता”अभियान सञ्चालनमा ल्याएको छ ।

सहज रुपमा डिम्याट खाताको पहुँच सेवाग्राही माँझ पुर्‍याउँदै आइरहेको बैंकले हालको व्यवस्था अनुसार डिम्याट खाता खोल्नको लागि स्वयम व्यक्ति सम्बन्धित निक्षेप सदस्य कम्पनीमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको र उक्त व्यवस्थाले गर्दा अहिलेको व्यस्त समयमा स्वयम उपस्थित भई डिम्याट खाता खोल्न नसक्ने व्यक्तिहरुलाई सहज रुपमा डिम्याट खाता खोलिदिने मुख्य उद्देश्यका साथ उक्त सेवा सञ्चालन गरेको हो ।

वर्तमान व्यस्त समयमा पनि सेवाग्राहीहरुलाई घर अफिसमा नै पुगि छोटो समयमा डिम्याट खाता उपलब्ध गराई डिम्याट खाता तथा मेरो शेयर खाता सञ्चालन सम्बन्धमा आवश्यक जानकारी उपलब्ध गराईने हुँदा सेवाग्राहीहरुले उक्त योजनाबाट लाभ लिई सहज र झनझट रहित रुपमा डिम्याट तथा मेरो शेयर खाता प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

एनआईसी एशिया एक्सप्रेस डिम्याट सेवा अन्तर्गत क्यापिटलका कर्मचारीहरु स्वयम उपस्थित भई डिम्याट खाता खोलिदिने तथा शेयर अभौतिकीकरण गर्नको लागि आवश्यक सहजिकरण गरिदिने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ ।

यो सेवा प्राप्त गर्न क्यापिटलको ईमेल ठेगाना [email protected] वा क्यापिटलको मोवाईल नं. ९८५११२२९९४ मा सम्पर्क गर्न सकिने छ । साथै, उक्त सेवामा सहभागी हुन कम्तीमा तीन जना व्यक्तिहरुको समूह हुनुपर्ने र हाललाई यो सेवा काठमाण्डौ उपत्यका भित्रको लागि मात्र उपलब्ध हुने कम्पनीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?