जब ग्राउण्डमा लडे त्यतिबेला मर्छु जस्तै लागेको थियो : रेमान्डे

एजेन्सी । राइडर कप गल्फ प्रतियोगिताको दौरान दाया आँखा गुमाएकी इजिप्टकी कोरिन रेमान्डेले मृत्युको मुखमा पुगेर बाच्न सफल भएको बताएकी छिन् । 

गत मंगलवार अमेरिकी गल्फर ब्रोक्स कोप्काले ‘टि’ शटबाट प्रहार गरेको गल्फ बलले लागेर रेमान्डेको दाया आँखामा गम्भिर चाट लागेको थियो । आँखामा बल लाग्ने बितिक्कै रेमान्डे कोर्षमा नै ढलेकी थिइन् ।

‘‘गल्फ बलले लाग्दा पहिले केही थाहा नै पाइन, जब ग्राउण्डमा लडे त्यतिबेला मर्छु जस्तो लागेको थियो, अहिले म दाया देख्न सक्दिन, त्यसैले हेर्न अप्ठेरो भएको महसुस गरिरहेको छु’’ उनले भनिन् । 

राइडर कप अन्तर्गत पहिलो दिनको खेलमा कोप्काले ‘सिक्स’ होलबाट ‘टि’ शट प्रहार गरेको बलले ४९ वर्षीय रेमान्डेको दाया आँखामा लागेको थियो । ‘‘मेरो लागि सबै कुरा सकियो, यो विषयमा मलाई कसैलाई केही भन्नु छैन’’ उनले थपिन् ।

रेमान्डे राइडर कप हेर्नका लागि आफ्ना श्रीमानका राफेलका साथ इजिप्टबाट पेरिस आएका थिए । उनले आयोजकविरुद्ध कानुनी कारवाहीका लागि शुक्रवार मुद्दा दर्ता गर्ने बताइन् । 

‘‘गल्फ कोर्षमा खेलाडीहरुले खेलेको हेर्न मलाई निक्कै मनपर्छ, त्यसैले सधै हेर्न जाने गर्छ, जव त्यो घटना म सँग घट्यो त्यो क्षण एकदमै भयानक थियो, म सबै जना दर्शकहरुलाई खेल्न हेर्नु पूर्व पहिले सुरक्षित भएर मात्र हेर्न आग्रह गर्छु’’ उनले बताइन् । 

“मलाई थाहा छैन कि केवल एक आँखाले मैले कसरी जिन्दगी बिताउने, मलाई खेलकुद निक्कै मन पर्छ, म जिम पनि जान्छ र गल्फ पनि खेलिरहेको छु’’ उनले भनिन् 

राइडर कपको आयोजक के भन्छन् ?

राइडर कपको आयोजक यरोपियन टुर्सले रेमान्डेमाथि घटेको भयानयक घटनाप्रति दुःख प्रकट गरेको छ । फ्रान्सेली गल्फ फेडेरेशनले घटना भएलगतै रेमान्डको परिवारलाई सम्पर्क गरेको बताइएको छ । 

राइडर कप हेर्न जानु अगाडि दर्शकहरुले किनेटको टिकटमा खेलको नियमहरु उल्लेख गरिएको हुन्छ । दर्शकहरुले गल्फ खेलका दौरान आइपर्ने जोखिमको बारेमा ध्यान दिन जरुरी रहेको पनि फ्रान्सेली गल्फ फेडेरेशनले जनाएको छ । 

युरोपेली टूरका प्रमुख कार्यकारी केथ पेलले घाइते भएकी रेमान्डे र उनको परिवारप्रति अन्तरमनदेखि नै सहनुभति दिएको बताइन् । 

“हामी दर्शकहरुको सुरक्षाको सबै जिम्मेवारी लिन्छौ, यो घटनालाई हामीहरुले गम्भीर रूपमा लिएका छौँ र रेमान्डेको परिवारसँग नियमित सम्पर्कमा छौँ’’उनले भनिन् । 

“लाखौं दर्शकहरूमाझ हरेक वर्ष यस्तो घटनाहरु भइरहन्छ । यस प्रकारका घटनाहरु अत्यन्तै कम हुन्छन् । हाम्रो दर्शकहरूको सुरक्षा हाम्रो सर्वोच्च चिन्ताको विषय हो’’ पेलले बताइन् । 

के भन्छन् गल्फर कोप्का ?

अमेरिकी गल्फर ब्रोक्स कोप्काले खेल जीवनमा पहिलो पटक यस्तो घटना घटेको बताएका छन् । २८ वर्षिय गल्फर कोप्काले रेमान्डेले दाया आँखा गुमाएको प्रति दुखी भएको समेत जानकारी दिए। 

‘‘गत मंगलवार खेलेको खेल मेरो जीवनको सबै भन्दा नराम्रो दिन रहेछ, उत्कृष्ट खेल खेल्ने धुनमा मैले दर्शकहरुलाई ध्यानमा राख्नै सकेन्, मेरो ध्यान पुरै खेलमा थियो, मैले प्रहार गरेको बलले कति बेला दर्शकलाई लाग्यो थाहाँ नै पाइन्’’ उनले भने ।  साथै, उनले घाइते रेमान्डेलाई सहानुभूति प्रदान समेत गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?