काठमाडौं । आगामी मंसिर २२ गतेदेखि काठमाडौंमा एभरेस्ट प्रिमियर लिग ‘इपीएल’ प्रतियोगिता हुने भएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मलेनको आयोजना गर्दे प्रतियोगिताको नयाँ संस्करणको मिति घोषणा गरेको हो । प्रतियोगिताका सम्पूर्ण खेलहरु कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालयको मैदानमा हुने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
टि–२० को फम्र्याटमा खेलाइने यो प्रतियोगितामा ६ टिमको सहभागिता रहने इपीएलका प्रवन्ध निर्देशक आमिर अख्तरले बताए ।
प्रतियोगितामा तीन जना विदेशी खेलाडी अनिवार्य गरिएको छ । जसमा चितवन टाइगर्सले आयरल्याण्डका केभिन ओब्राइन र युएईका कप्तान रोहन मुस्ताफालाई आवद्ध गरिसकेका छन् ।
प्रतियोगितामा चितवन टाइगर्स, भैरहवा ग्लाडियटर्स, काठमाडौं किंग्स, विराटनगर वारियर्स, ललितपुर प्याट्रियट्स र पोखरा राहिनोजको सहभागिता रहेको छ । प्रतियोगिता पुष ७ गतेसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया