यस्ता छन् केराका फाइदा, श्रीमतीलाई पनि खुवाउनुस्

केरा पूजापाठदेखि सौन्दर्यमा समेत प्रयोगमा आउँछ भन्ने त हामी सबैलाई थाहा भएको कुरा हो । अपचका लागि पनि केरालाई महत्त्वपूर्ण मानिन्छ ।

बिहान सधै एउटा केरा र एक गिलास दूध खाने गर्नाले वजनमा कन्ट्रोल पनि हुने गर्छ । केरा खाँदा हाइ ब्लड प्रेसर र पिसाबको समस्याबाट टाढा राख्न सहयोग गर्छ । काँचो केरालाई दूधमा मिसाएर त्वचामा लगाउँदा चेहरामा चमक आउने गर्छ ।

गर्भावस्तामा महिलाका लागि केरा निकै लाभदायक हुन्छ । किनकि, यसमा भरपूर भिटामिन हुन्छ । केराको लेदो बनाएर कपालमा लगाउँदा यसले कपाललाई मुलायम र चमकदार बनाउने गर्छ ।

केरा बच्चाका लागि पनि निकै फाइदाजनक मानिन्छ । केरालाई पूर्ण आहारका रुपमा समेत लिइन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?