किन जन्माउँछन् महिलाले जुम्ल्याहा बच्चा?

केही महिलाले जुम्ल्याहा बच्चा जन्माउने गर्छन् । शोधकर्ताले यिनका पछाडि जीनलाई कारण बताएका छन् । जबकि, यो कुरालाई धेरै पहिलेदेखि नै भनिँदै आएको छ । यदि कोही महिलाका पुस्ताले दुईवटा बच्चा जन्माउने गरेको भए उनीहरुले पनि दुई बच्चा जन्माउने सम्भावना हुन्छ । तर, जीनको बारेमा भने धेरै पत्ता लागेको छैन ।

शोधकर्तामध्येका एक नेदरल्याण्डका व्रिजे विश्वविद्यालय, एम्सटर्डमको बायोलोजिकल साइकोलोजिस्ट डोरेट बूमस्माले भनेका छन्, ‘मान्छेलाई यो कुरामा निकै चासो छ कि, महिलाले किन जुम्ल्याहा बच्चा पाउने गर्छन्, यसको जवाफ त्यति सजिलो पनि छैन, हामीले पहिलोपटक जीनका बारेमा पहिचान गर्न सफलता मिलेको छ, वंशानुगत गुणका कारणले पनि महिलाले जुम्ल्याहा बच्चा जन्माउने गर्छन् ।’

यो शोध अमेरिकन जर्नल अफ ह्युमन जेनेटिक्समा प्रकाशित छ । शोधकर्ताहरुले ‘जेनेटिक टेस्ट’ विकसित गर्ने योजनामा छन् । जसका माध्यमबाट महिलाको जीनको स्थितिको बारेमा पहिले नै थाहा होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?