लोकपथ टप फिप्टिन : सत्ता गठबन्धनमा सकस, पोखरामा चल्यो डोजर

लोकपथ
56
Shares

१. सत्ता गठबन्धनको कार्यदल बैठकले आजपनि लगाएन सीट बाँडफाँटको टुङ्गो, दलहरुको आ–आफ्नै अडानले गर्दा सीट बाँडफाँटमा सकस ।

२. राष्ट्रिय सभाअन्तर्गतका चारवटै विषयगत समितिका सभापतिहरु निर्विरोध निर्वाचित, नवनिर्वाचित सभापतिहरुलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गराए सपथ ।

३. मापदण्डमा बनेका भवनको ९० दिनभित्रमा नक्सा पास गर्न काठमाडौं महानगरको निर्देशन, नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई घरबहाल कर बुझाउन १० दिने अल्टिमेटम ।

४. निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य आवश्यकता रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ, अन्तर्राष्ट्रियस्तरमा गरेको शिक्षासम्बन्धी लक्ष्यलाई हासिल गर्न साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने उल्लेख ।

५. अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि नेपाल सरकारले गर्यो भारतसँग छलफल, अन्तर्राष्ट्रिय हवाई उडान सुदृढीकरणका लागि सरकार प्रतिबद्ध रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको भनाइ ।

६. कांग्रेसले जनतामाझ जान अंशबण्डा गरिरहेको भन्दै पूर्वराष्ट्रपति रामवरण यादवको चिन्ता, पार्टीमा पसिना बगाउने भन्दा पनि पैसा भएकाहरुको बोलवाला चलेकोप्रति असन्तुष्टि ।

७. लोक सेवा आयोगले गर्याे अंकभारमा संशोधन, अबदेखि आयोगले लिने प्रथम चरणको परीक्षामा प्राप्त गरेको अंकको ५० प्रतिशत मात्रै अन्तिम चरणमा जोडिने ।

८. रुग्ण अवस्थामा रहेका ७ उद्योग संचालन गर्ने सरकारको तयारी, आफ्नो कार्यकालमा ३०९ वटा नयाँ उद्योग दर्ता र २८ हजार बढी मानिसले रोजगारी पाएको उद्योग तथा वाणिज्य मन्त्री दिलेन्द्र प्रसाद बडूको दाबी ।

९. पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा चलायो डोजर, भत्काइएको स्थानमा सार्वजनिक पार्क र शौचालय निर्माण गर्ने योजना ।

१०. पछिल्लो २४ घण्टामा गरिएको ४ हजार ४ सय १ परीक्षणमा देशभर २२७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ७३ मा झर्यो ।

११. साताको पाँचौ कारोबार दिन सेयर बजारमा सामान्य अंकको गिरावट, नेप्से परिसूचक २.२३ अंकले घट्दा १ अर्ब माथिको कारोबार ।

१२. विनाशकारी बाढीले ३ करोड ३० लाख पाकिस्तानी प्रभावित, जलवायु परिवर्तन र प्राकृतिक प्रकोपलगायतका कारणले पाकिस्तानमा मानवीय संकट उत्पन्न हुन सक्ने डब्लूएचओको चेतावनी ।

१३. क्यानडाको सेन्ट्रल सास्काचेवान प्रान्तमा दुई दाजुभाइले छुरा प्रहार गरी १० जनाको गरे हत्या, १८ जना घाइते, आक्रमणमा संलग्न दाजुभाई नै प्रहरी नियन्त्रणमा ।

१४. बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले जारी गर्यो पक्राउ पुर्जी, आफू निर्दोष भएको र वकिलको व्यवस्था गरिदिन क्यानसँग सन्दिपले गरे अनुरोध ।

१५. नेपाल टी–ट्वान्टी लिग खेल्ने थप दुई टिम र मालिकको घोषणा, पहिलो संस्करणको प्रतियोगितामा पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले खेल्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?