शेयर राफसाफमा झन्झटिलो प्रकृया हटाउन लगानीकर्ताको माग

काठमाडाैं : नेपालको पूँजीबजारमा शेयर कारोबार सहज बनाउन अघिल्लो हप्तादेखि अनलार्इन प्रणाली सञ्चालनमा ल्याएपनि राफसाफको प्रकृया नघटेकोमा लगानीकर्ताहरूले असन्तुष्टि जनाएका छन् । 

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले विधुतीय निर्देशन पुर्जी (ई–डिआईएस) को उद्घाटन गर्न बोलाएका शेयर लगानीकर्ताहरूले राफसाफमा झन्झट हुँदा अनलार्इन कारोबार प्रणाली नै प्रभावकारी नहुने बताएका हुन् । 

नेपाल इभेष्टर्स फोरम नेपालका अध्यक्ष अम्बिका प्रसाद पौडेलले अनलाईन कारोबार प्रणालीमा पनि राफसाफको प्रकृया नघटेको भन्दै छोट्याउनुपर्ने बताए । कागजी डिआईएसको राफसाफमा कारोबार सम्पन्न भएको दोस्रो दिनसम्म (टि प्लस २) र अनलाइन मार्फत हुने राफसाफमा पनि टि प्लस २ समयावधि कायम गर्दा तात्विक फरक नदेखिएको पाैडेलको तर्क छ। 

अनलार्इन प्रणालीबाट शेयर कारोबार गर्दा सोही दिनमै शेयर राफसाफ गर्नुपर्ने र प्रविधीसँगै थपिने चुनाैती न्यूनिकरण गर्नुपर्ने लगानीकर्ताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?