काठमाडौं, ३१ असोज– उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई माओवादीले दिएको समर्थन कायमै रहेको बताएका छन् । उनको अभिव्यक्तिले माओवादी सरकारमा रहने या नरहने भन्नेमा अन्योल बढेको छ ।माओवादी मन्त्रीले आज राजीनामा दिने भनि माओवादी उच्च स्रोतबाट तयारी भइरहेको भनिएका बेला महराले सरकारमा आफ्नो पार्टीको सहभागिता कायमै रहेको बताएका हुन् ।माओवादीको तर्फबाट देउवा सरकारमा नेतृत्व गरेका महराले मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा महराले भने, ‘माओवादीको देउवालाई दिएको समर्थन कायमै रहेको छ । पार्टीले निर्णय गरेको खण्डमा हामी एक मिनेट पनि सरकारमा बस्दैनौं । तर, अहिले बाहिरिनेबारे कुनै निर्णय भएको छैन।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया