काठमाडाैं : तपार्इँले पूँजीबजारमा लगानी गर्नुभएको छ भने अहिले लगानीको प्रतिफल लिने समय हो । सर्वसाधारणमा शेयर जारी गरेका विभिन्न कम्पनीहरूले साधारणसभामार्फत अाफ्ना लगानीकर्तालार्इ नगद लाभांश, बोनस शेयर, हकप्रद र अन्य प्रतिफल दिँदैछन् ।
अहिले नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत विभिन्न १६ वटा कम्पनीहरूले साधारणसभाको मिति तय गरिसकेका छन् । अन्य कम्पनीहरूले पनि साधारणसभा अायोजना गर्दैछन् । मार्इक्रोफार्इनान्स, विकास बैंक, जलविधुत र फार्इनान्स समूहका संस्थाहरूले यही साधारणसभामार्फत अाफ्ना लगानीकर्तालार्इ के-कति प्रतिफल दिने भन्नेबारे निर्णय गर्छन् । त्यसैले कम्पनीहरूको साधारणसभाबारे तपार्इँले जानकारी राख्नैपर्ने हुन्छ ।
दशैंअघि मात्रै १० कम्पनीले साधारणसभा बोलाएका छन् । यी साधारणसभाको मूख्य एजेन्डा लगानीकर्तालार्इ विभिन्न प्रकृतिको लाभांश दिने नै हो । दशैं पछि बाणिज्य बैंक र हालसम्म साधारणसभा अाब्हान गरेका कम्पनीहरूले पनि साधारणसभा अाब्हान गर्नेछन् ।
कम्पनीहरूको विश्लेषण गर्ने अाधार पनि साधारण सभा नै हुन सक्छ । कुन कम्पनीले लगानीकर्तालार्इ उचित प्रतिफल दिर्इरहेको छ र कस्ता कम्पनीमा लगानी गर्दा फार्इदा हुन्छ भन्ने जानकारी साधारणसभाबाटै पार्इन्छ । साधारणसभामा कम्पनीहरूले प्रस्ताव गर्ने प्रतिफल विश्लेषणमार्फत भविष्यमा तपार्इँलार्इ पूँजीबजारमा लगानी विस्तार गर्न मद्दत पुग्छ ।
साधारणसभा प्रस्ताव गरेका केही कम्पनीहरू :
क्र.सं. | कम्पनी | साधारणसभा | लाभांश | बुक क्लोज मिति |
१ | बोमी मार्इक्रोफार्इनान्स | कात्तिक १७ | नगद २५% | कात्तिक ४-१७ |
२ | अोरेन्टियल होटल | कात्तिक १२ | बोनस १५%,नगद ११.३२% | असोज १९-कात्तिक १२ |
३ | हाम्रो विकास बैंक | कात्तिक ११ | बोनस २.४०%, नगद ७.९१% | असोज ३१ |
४ | मेरो मार्इक्रोफार्इनान्स | कात्तिक ९ | बोनस १५%, नगद ११.३२% | असोज १७-कात्तिक ९ |
५ | सानिमामार्इ हाइड्रो | कात्तिक ८ | बोनस १०%, नगद ५% | असोज २५-कात्तिक ८ |
६ | युनिलिभर नेपाल | कात्तिक ६ | नगद ७००% | असोज २२-कात्तिक ६ |
७ | ज्योति विकास बैंक | कात्तिक २९ | नगद ८.४०% | असोज १५-३० |
८ | जानकी फार्इनान्स | कात्तिक २९ | बोनस २२ % नगद, १.१६% | असोज १६-२९ |
९ | सार्इन रेसुंगा डेभलपमेन्ट बैंक | कात्तिक २८ | बोनस १७.७०%, नगद ०.९३% | असोज २६-२८ |
१० | भागर्व विकास बैंक | कात्तिक २७ | बोनस ५.५५%, नगद ०.२९% | असोज १९ |
११ | गरिमा विकास बैंक | कात्तिक २६ | बोनस १०% नगद ३.७५% | असोज १२-२६ |
१२ | महालक्ष्मी विकास बैंक | कात्तिक २६ | बोनस ८%, नगद ७% | असोज १४-२६ |
१३ | रिडी हार्इड्रोपावर | कात्तिक २० | बोनस ६%, नगद ०.३१% | असार ७ |
१४ | स्वरोजगार लघुवित्त | कात्तिक २० | बोनस २०%, नगद १.०५२% | असोज ५-२० |
१५ | राष्ट्रिय बिमा कम्पनी | कात्तिक १९ | ||
१६ | फस्ट मार्इक्रोफार्इनान्स | कात्तिक २७ | नगद १२.६३% | असोज १७-२६ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया