५ बर्षको साधारणसभा गर्दा पनि राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले केही नपाउने

काठमाडाैं : बीमा समूहको राष्ट्रिय बीमा कम्पनीले ५ वटा अार्थिक बर्षको साधारणसभा गर्दा पनि अाफ्ना लगानीकर्तालार्इ कुनै प्रकृतिको लाभांश नदिने भएको छ । 

अार्थिक बर्षा २०६३/६४ देखि २०६७-६८ सम्मको बार्षिक साधारणसभा बोलाएको यो कम्पनीले यसअघि अाफ्ना लगानीकर्तालार्इ १२०% बोनश शेयर र ५.१४५% नगद लाभांश दिने प्रस्ताव ल्याएको थियो । तर नियामक बीमा समितिले प्रस्तावित लाभांश स्वीकृत नगरेपछि लगानीकर्ता जिल्लिने भएका हुन् । 

हरेक बर्ष अर्को पटक लाभांश दिने बताउँदै अाएको यो कम्पनीले गत अार्थिक बर्षको चाैथो त्रैमासमा मात्रै २६ करोड ६५ लाख ३७ हजार रूपैयाँ खुद नाफा अार्जन गरेको छ । तर, २०५१ सालदेखि २०७१ सालसम्म बीमा संस्थानका रूपमा रहँदाको कारोबार अझैसम्म मिलाउन नसकेको भन्दै नियामकले लाभांश बितरणमा रोक लगार्इदिएको हो । 

अब, अाज बस्ने साधारणसभामा कम्पनीले ५ वटा अार्थिक बर्षको बार्षित प्रतिवेदन र सम्बन्धित अार्थिक बर्षको वासलात एवं नाफा-नोक्सान सम्बन्धी प्रस्तावहरू मात्र पेश गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?