साफ यू-१८ महिला फुटबल : फाइनल प्रवेशको लागि नेपालले भारतसँग भिड्दै

काठमाडौं । भूटानमा जारी साफ यू-१८ महिला फुटबल च्याम्पियनसिपको सेमिफाइनल खेलमा शुक्रवार नेपालले चिरपरिचित प्रतिद्धन्दी भारतको सामना गर्दैछ । 

यी दुई टिमबीचको सेमिफाइनल खेल नेपाली समयानुसार दिउँसो पौने ३ बजेपछि शुरु हुँदैछ । सेमिफाइनल खेल राजधानी थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा हुँदैछ ।  त्यस्तै, शुक्रवार नै हुने अर्को सेमिफाइनल खेलमा आयोजक भुटानले बंगलादेशसँग भिड्दै छ । 

नेपालले समूह चरणमा एक खेलमा जित र एक खेलमा हार व्यहोर्दै  सेमिफाइलनको स्थान तय गरेको थियो । 

समूह चरणको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२-० ले पराजित गरेको थियो भने बङलादेशसँग २-१ को हार व्यहोरेको थियो । समूहको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २–१ को पराजय हुँदै समूहको उपविजेता बन्दै अन्तिम चारमा पुगेको थियो । 

प्रारम्भिक नेपाली टिम

गोलकिपर : अञ्जना रानामगर, उषा नाथ, कविता राई 

डिफेन्डर : निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समीक्षा घिमिरे, विमला विक, कोपिला धिमाल, पुनम फर्सवान, पूजा रानामगर

मिडफिल्डर : शरु लिम्बू, मञ्जलीकुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिषा राउत, सुहानी कुसुवार, सिर्जनासिंह ठकुरी, सम्झना लावती

स्ट्राइकर : रश्मीकुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा, सम्झाना शर्मा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?