युरोपा लिग फुटबल : आर्सनल र एसि मिलानको विजयी यात्रा कायमै

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत आर्सनल र एसि मिलान विजयी भएका छन् ।

 बिहीवार राति सम्पन्न भएको खेलमा इंग्लिस क्लब आर्सनलले अजरबैजानको क्वाराबाग एफसीलाई ३-० गोल अन्तरले पराजित गर्न सफल भएको हो । खेल शुरु भएको ४ मिनेट पनि बित्न नपाउँदै आर्सनलका लागि सोक्राटिस पापास्थाथोपाउलोसले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

शुरुवाती समयदेखि नै आर्सनलले क्वाराबगलाई दवावमा राखेको थियो । खेलको पहिलो हाफसम्म १-० गोलले अगाडि रहेको आर्सनलले दोस्रो हाफमा दुई गोल थप्यो ।

खेलको ५३ औँ मिनेटमा इमिली स्मिथ रोले गोल गर्दै खेललाई २-० को स्थितीमा पुर्‍याए । त्यस्तै, खेलको ७९ औँ मिनेटमा गुइनडौजीले गोल गरे । निर्धारित समयसम्म क्वाराबागले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार व्यहोरेको हो ।

 जीतपछि ६ अंक बनाएको आर्सनल समुह ‘इ’को पहिलो स्थानमा छ । 

बिहीवार राति नै भएको अर्को खेलमा इटालियन क्लब एसि मिलानले ग्रीसको क्लब ओलम्पियाकसलाई ३-१ गोल अन्तरले हरायो । एसि मिलानको जीतमा कटरोनले खेलको ७० औँ र ७९ औँ मिनेटमा दुई गोल गरे । ७६ औँ मिनेटमा गोन्जालो हिग्युनले गोल गरे ।

यता ओलम्पियाकसका लागि गुईरेर्रोले एक मात्र गोल फर्काएका थिए । जीतपछि ६ अंक बनाएको एसि मिलान समूह ‘एफ’को शिर्ष स्थानमा छ । 

बिहीवार राती नै भएको अन्य खेलहरुमा रियल बेटिसले डुडेलेन्जलाई ३–० गोलले, स्र्पोटिङ लिस्बोनले भोर्सक्ला पोल्ताभालाई २-१ गोलले, डिनामो जाग्रेवले आरएससी एन्डरलेच्टलाई २-० ले तथा एफसी कोपनहेगनले बोर्डैसलाई २-० गोल अन्तरले पराजित गर्‍यो। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?