दार्चुलामा बाढीको बितण्डादेखि देशविदेशको राजनीतिसम्म : हेर्नुहोस् आजको टप फिप्टिन हेडलाइन्स्

लोकपथ
0
Shares

१. दार्चुलाको लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी ५ जनाको मृत्यु, ८ जना घाइते, १० जना बेपत्ता, प्रभावितलाई राहत र उद्धारको व्यवस्था गर्न गृहमन्त्री खाणको निर्देशन ।

२.राष्ट्रपतिले पुर्नविचारका लागि फिर्ता पठाएको नागरिकता विधेयक हुबहु पास गरेर सत्ता पक्षले उदण्डता देखाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आरोप, सरकारले अनावश्यक तनाव मात्र बढाउन खोजेको दाबी ।

३. आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको दावी, हरेक सदस्यलाई दुई जना मतदाता बढाउन आग्रह ।

४. व्यवस्था परिवर्तनमा माओवादीको मुख्य भूमिका भएपनि रजाइँ अरुले नै गरेको शिक्षामन्त्री देबेन्द्र पौडेलको भनाइ, माओवादी कमजोर बन्दा परिवर्तनका एजेन्डाहरू उल्टिन सक्ने खतरा रहेको उल्लेख ।

५. ओली नेतृत्वको सरकारका कारण संघीयतामाथि नै प्रश्न उठिरहेको नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको आरोप, ओली नेतृत्वको सरकारले समयमा कानुन बनाएर नदिएका कारण स्थानीय र प्रदेश सरकारमाथि प्रश्न उठेको दाबी ।

६. सत्य निरुपण विधेयक संसदबाट पारित गर्न ढिलाई गर्न नहुनेमा कानुनमन्त्री गोविन्दप्रसाद शर्माको जोड, न्याय दिलाउने काममा सम्वद्ध सबै पक्षले प्रतिवद्ध भएर काम गर्नुपर्ने भनाइ ।

७. मधेश आन्दोलनपछि मात्रै मधेशीलाई नागरिक मान्न थालिएको जसपाका अध्यक्ष उपेन्द्र यादवको भनाइ, लोकतन्त्र र संघीयताविरोधी शक्ति आज पनि गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको आरोप ।

८. आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित, अर्को बैठक भदौ २९ गते बुधबार बस्ने ।

९. गोरखा जिल्लाको चुमनुब्री गाउँपालिकाका गाउँमा दुई सातादेखि विद्युत् सेवा अवरुद्ध, फोन गर्न पनि गाउँबाट झण्डै आधा घण्टा परको डाँडामा पुग्नुपर्ने बाध्यता, विद्यार्थीहरूलाई पठनपाठनमा समस्या ।

१०. पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ७ सय ४६ परिक्षणमा थप १६३ जनामा कोरोना संक्रमण पुष्टि, १ सय ३० जना संक्रमण मुक्त ।

११. मनसुन थप सक्रिय भएकाले अझै केही दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभागको भनाइ, शतर्कता अपनाउन माहाशाखाको आग्रह ।

१२. उत्तर कोरियाद्वारा आफू आणविक हतियार सम्पन्न राष्ट्र भएको घोषणा, उत्तर कोरियाको आणविक अडान शान्तिका लागि खतरा भएको फ्रान्सको टिप्पणी ।

१३. पाकिस्तानमा आएको बाढीका कारण १८ अर्ब डलर मूल्य बराबरको नोक्सानी, गम्भीर समस्या झेली रहेको पाकिस्तानलाई सहयोग गर्न राष्ट्रसंघको आह्वान ।

१४. पाकिस्तानलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै बंगलादेश छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल नजिक, लगातार दोस्रो हार व्यहोरेको पाकिस्तान अंक विहीन रहदै तालिकाको पुछारमा ।

१५. र, एएफसी यू–२० एसियन कप छनोटको पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्दै, छनोटको समूह बी मा रहेको नेपाल भुटानलाई हराएर सुखद सुरुआत गर्ने दाउमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?