१५ औँ धर्मश्री राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता शुरु (तस्वीर सहित)

काठमाडौं । १५ औँ संस्करणको धर्मश्री राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिता शुक्रवारदेखि शुरु भएको छ ।

 शुक्रवार विभिन्न सात तौल समूहको खेलहरु सम्पन्न भएका छन् । शुक्रवार भएको प्रि-जजिङ राउण्डको ५५ केजी तौल समूहबाट भक्तपुरका कृष्ण दास दिवाकर, गोकर्णका सुजन गुरुङ, बुटवलका अनिल आले, बालाजुका आवाज प्याकुरेल, डेभिड बलामी र सरेश खत्रीले फाइनल चरणमा प्रवेश गरेका छन् ।

६० केजी तौल समूहबाट गौरब श्रेष्ठ, यदु विश्वकर्मा, सैलेन्द्र शर्मा, सुजन तामाङ, मान बहादुर चौधरी र आशिष डेबाजु पनि फाइलन चरणको लागि छनोट भएका छन् ।

यता, ६५ केजी तौल समूहबाट नेपालगञ्जका श्रीतोश चापाली, रोजित ब्रजचार्य, बिजेन्द्रमान श्रेष्ठ, विवेक विष्ट, सुपेन डंगोल, राम बहादुर दाहाल तथा ७० केजी तौल समूहबाट ढल्कुका उज्वल राज ब्रजचार्य, किरण यादव, समिर श्रेष्ठ, बद्री श्रेष्ठ, किरण श्रेष्ठ र सन्दीप श्रेष्ठ पनि फाइनल चरणको लागि छनोट भएका छन् । 

रोजित ब्रजचार्य, बिजेन्द्रमान श्रेष्ठ, विवेक विष्ट, सुपेन डंगोल, राम बहादुर दाहाल तथा ७० केजी तौल समूहबाट ढल्कुका उज्वल राज ब्रजचार्य, किरण यादव, समिर श्रेष्ठ, बद्री श्रेष्ठ, किरण श्रेष्ठ र सन्दीप श्रेष्ठ पनि फाइनल चरणको लागि छनोट भएका छन् । 

त्यस्तै, ७५ केजी तौल समूहबाट झापाका ललित धिमाल, अशोक महर्जन, प्रवेश श्रेष्ठ, नविन राना, सुरेश खड्का र प्रवेश केसी तथा ८० केजी तौल समूहबाट सर्खेतका विष्णु विश्वकर्मा, उज्वल ब्रजचार्य, महेश्वर मर्हजन, प्रविन शाही, विशाल कडेल र यमन लामाले पनि फाइनलको चरणको यात्रा तय गर्न सफल भएका छन् ।

 ८० केजी तौल समूहभन्दा माथि अमर डंगोल, अनुज मास्के, दिपेश श्रेष्ठ, मिलन विक्रम सिजापति क्रिश महर्जन र सरोज पनि फाइनलमा चरणमा प्रवेश गरेका छन् । सात वटै तौल समूहको विजेताले ‘ओभरअल’ स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी दिए । प्रतियोगिताको सबै खेल कमलादीस्थित प्रज्ञा भवनमा भइरहेको छ ।

 
प्रतियोगितामा देशभरीबाट ४ सय खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताको ‘ओभर अल’ विजेताले नगद ५ लाख रुपैयाँ हात पार्नेछन् । त्यस्तै, उपविजेता बन्ने खेलाडीले २ लाख, तेस्रो हुनेले १ लाख तथा चौथों हुने खेलाडीले ९० हजार रुपैयाँ प्राप्त गर्नेछन् । 

पाँचौ हुने खेलाडीले ८० हजार, छैटौं हुनेले ७५ हजार तथा सातौं हुने खेलाडीले ६० हजार रुपैयाँ जित्नेछन् । प्रतियोगिताको विजेताले ५ लाख, उप विजेताले २ लाख, तेस्रो हुनेले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै सातौं हुने सम्मका लागि पुरस्कारको व्यवस्था गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?