काठमाडाैं : घरेलुदेखि व्यवसायिक प्रयोजनका लागि प्लास्टिकका भाँडाकुँडा र अन्य सामग्री खोज्दै हुनुहुन्छ भने तपार्इँ भृकुटीमण्डप जानुहोस । त्यहाँ शुक्रबारदेखि अन्तर्राष्ट्रिय प्लास्टिक प्रदर्शनी शुरू भएको छ ।
'प्लास्टिकलार्इ चिनाैं' भन्ने मुल नाराका साथ राष्ट्रिय तथा अन्तरराष्ट्रिय १२० भन्दा बढी उद्योगहरूले अाफ्ना उत्पादनहरू बिक्री र प्रदर्शनीका लागि राखेका छन् ।
प्लास्ट नेपाल फाउन्डेशनको अायोजनामा भर्इरहेको यो प्रदर्शनी भोली अार्इतबारसम्म चल्नेछ । यो प्रदर्शनीमा प्लाष्टिकबाट बनेका दैनिक उपभोग्य बस्तुदेखि ती बस्तु उत्पादनमा गर्न प्रयोग हुने मेसिनहरु समेत राखिएको छ ।
प्लाष्टिकका नेपाल उपभोक्ताका लागि स्वदेशी तथा विदेशी उत्पादनबारे जानकारी दिन यो प्रदर्शनी अायोजना गरिएको प्लास्ट नेपाल-२०१८ का संयोजक विवेक तातेडले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया