अब अस्ट्रेलियन डलर साट्न सजिलो, एनअार्इसी बैंकका सबै शाखामा पार्इने

काठमाडाैं : विभिन्न प्रयोजनका लागि अस्ट्रेलिया जाने नेपालीलार्इ मुद्रा सटहीमा अब थप सजिलो हुने भएको छ । एनअार्इसी एसिया बैंकले काठमाडाैं उपत्यकाभित्र रहेका अाफ्ना सबै शाखाबाट अस्ट्रेलियन डलर किन्ने सुविधा दिएको छ । 

एनअार्इसी बैंकका त्रिपुरेश्वर, जावलाखेल, न्यूरोड खिचापोखरी, भक्तपुर, कलंकी, क्षेत्रपाटी, महाराजगंज, सामाखुसी, बौद्ध, बागबजार, कौशलटार, ग्वार्को, खुमल्टार, सुकेघारा, डिल्लीबजार, न्यूरोड विशालबजार, कमलादी, पुल्चोक,बत्तीसपुतली, कीर्तिपुर, सातदोेबाटो, टेकु, पेप्सीकोला, थानकोट, ठमेल, नयाँ बानेश्वर, थापाथली रजिष्टर्ड कार्यालय शाखा, बालाजु, कपन, लाजिम्पाट, गोल्फुटार, गोठाटार, मनमैजु, सितापाइला, टोखा, भैंसेपाटी, थली, दुवाकोट, बालकोट, पुरानो ठिमी, सतुंगल, कोटेश्वर, चाबहिल र सोह्रखुट्टे शाखाबाट अस्ट्रेलियन डलर साट्न सकिनेछ ।

मुख्यत : यसअघि अस्ट्रेलिया पढ्न जाने विद्यार्थीले अस्ट्रेलियन डलर साट्न सकस भोगिरहेका थिए । सो अभाव हटाउन मुद्रा सटही थालेको एनअार्इसी एसिया बैंकले जानकारी दिएको छ । हाल यो बैंकले अमेरिकी र अस्ट्रेलियन डलर लगायत विदेशी मुद्रा सञ्चिती पर्याप्त रहेको र प्रचलित विनिमयदर अनुसार विदेशी मुद्रा सटही गरिने बैंकले जनाएको छ। 

अस्ट्रेलियन डलर साट्न चाहनेले अाफ्नो म्याद नसकिएको भीसा र प्लेन टिकट लिएर बैंकको शाखाबाट मुद्रा साट्न सक्नेछन् । प्रकृया पु-याएर अाउने ग्राहकलार्इ बैंकले भीषा कार्ड र युएसडी प्रिपेड कार्ड खरिदको समेत सुविधा दिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?